न्यु राईज ईन्टरटेनमेन्टद्वारा आयोजित सौन्दर्य प्रतियोगिता “फेश अफ फारवेस्ट २०२१” को अन्तिम प्रतिस्पर्धा सम्पन्न भएको छ। धनगढीको उद्योग वाणिज्य महासंघको सभा हलमा सम्पन्न भएको “फेश अफ फारवेस्ट २०२१”को सिनियरतर्फको ताज माईलस्टोन स्कूलमा कक्षा चारमा अध्ययनरत एम एस बोहराले हात पारे भने जुनियर तर्फको उपाधी कक्षा एकमा अध्ययनरत देवयान्स मल्लले हात पारे। विजेताले उपाधीसंगै विभिन्न आकर्षक गिफ्ट ह्यापरहरु प्राप्त गरेका थिए ।
प्रमुख अतिथि वन कार्यालयका प्रमुख भोजराज पाठक, नाङ्लो रेस्टुरेन्टका बहादुर खत्री, भुवन मल्ल, फोटोग्राफर मेघ महर्जन लगायतका अन्य अतिथिहरुको उपस्थिति रहेको उक्त प्रतियोगितामा फर्स्ट रनर अप बिपिन बम र साम्राज्य बिक्रम सिंह, अर्गनाईजर चोईस जिज्ञासा मल्ल मस्ट डिसिपिलिन पूर्णिमा मल्ल, मिस लिटिल चार्मिङ मोडल छायाँ देउवा, बेस्ट पर्सनालिटी आरति सिंह, मस्ट पञ्च्युअल सिरिष ओझा, मस्ट एनर्जेटिक मोडल एलिशा विष्ट घोषित भएका थिए।कोरियोग्राफर नवराज देउवाको कोरियोग्राफीमा संचालित उक्त कार्यक्रमको निर्णायक मण्डलमा लक्ष्मी सिग्देल, रोशन खत्री, प्रतिक्षा सिंह र रितिका गुरुङ रहेका थिए।
No comments:
Post a Comment