शिक्षा र सैनिक स्कुल
- हर्क बोहरा
शिक्षा जीवन हो, सुमार्ग पथ हो, शिक्षा सबै थोक हो ।।
विद्यार्थर्ी कलिला मुना, दुइगुना, जो बढ्दछन् पढ्दछन् ।
आफ्नै हिम्मत, आँटले शिखर वा, अग्ला धुरा चढ्छन ।।
कैलाली थल तेघरी सु–नगरी, उद्यानझैं सोभित ।
सैनिक् स्कूल त्यहीं खुल्यो र उभियो, उद्देश्यमै निश्चित ।
पूर्वाधार सिँगार हार पहिरी, बोकेर मीठो खुशी ।
सामग्री पनि साथ, बाल मनको, विज्ञानलाई बुझी ।
सैनिक स्कूलमा छ पूर्ण सुविधा, पर्याप्त आरामको ।
न्यानो कोख छ हो पवित्र थलको, गोदावरी धामको ।
आफै पुग्दछ बागमा सहजमा, वास्ना हुँदा माहुरी ।
जोडी प्वाँख विवेकका थरिथरी, आकाश उड्लान चरी ।।
आफू एक, अनेक ज्ञान छरने, सौन्दर्यको वाटिका ।
सैनिक् स्कूलको सुरम्य थल नै, स्वयम् बन्यो पुस्तिका ।
सिक्छन् सीप र ज्ञान, ध्यान सबले, जो आउँछन् साथमा ।
यो विद्यालयले सिकाँउछ अझै, नौलो कला हातमा ।
नेतृत्वै क्षमता सप्रेम, ममता, विद्या छ सांस्कारिक ।
साँच्चै योग्य र कर्मनिष्ठ प्रतिभा, जन्मी रहे निर्भिक ।।
जन्मिन्छन् जनशक्ति दक्ष कुशलै, यो राष्ट्रका कर्मठ ।
सैनिक् स्कूलको,व्यावहारिक कुरा शिक्षा हुँदा अब्बल ।।
कक्षाका अतिरिक्तका रहरका, प्रोग्राम हुन्छन् कति ।
विद्यार्थर्ी सहभागिता सफलता, आकाश छुन्छन् कति ।।
प्यारा शिष्य घुमी खुला धरणीमा, आफै रमी सिक्दछन ।
विद्यार्थर्ी मिहिनेत चेतसहितै, संघर्षमा हिंड्दछन् ।।
No comments:
Post a Comment